काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपति क्षेत्र विकास कोषको जग्गा विचौलियाले अपचलन गरेको बताउनुभएको हो । उहाँले पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटन मन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाउनु भयो ।
उहाँले गोठाटारको ३१ रोपनी जग्गा विचौलियाले लिएर अपचलन गरेको बताउनु भयो ।सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो बोलेको बताउनु भयो ।
उहाँले निगमको यथार्थ आर्थिक अवस्थाको बारेमा संसदलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्रीलाई चुनौती दिनुभयो । उहाँले पर्यटनमन्त्री किराँतीलाई स्टन्ट मन्त्रीको संज्ञा दिनुभयो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.