१ असार २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- यूईएफए नेसन्स लिगको उपाधिका लागि स्पेन र क्रोएसिया खेल्ने भएका छन् । नेसन्स लिगको दोस्रो सेमिफाइनल खेलमा स्पेनले इटालीलाई २–१ गोलले हरायो ।
स्पेनका एरेमी पिनोले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि ११औँ मिनेटमा पेनाल्टीमार्फत् इटालीका सिरो इमोबाइलले गोल गरेपछि खेलमा एक–एक गोलको बराबरी भयो । तर ८८औँ मिनेटमा स्पेनका जोसेलुले गोल गरेपछि इटाली २–१ गोलले पराजित भयो । अब स्पेनले उपाधिका लागि क्रोएसियासँग सोमवार खेल्नेछ ।
क्रोएसियाले पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ४–२ गोलले हराएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?