कञ्चनपुर- कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ वर्षीय शान्तिरजन बैरागीर र वडानम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ वर्षीय गोकुल मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।
उनकाअनुसार उनीहरुले अनुमति नलिएर मेडिकल पसल सञ्चालन गरेर औषधी बिक्री वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.