काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भएको छ।
पार्टी स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भएको हो।
उहाँले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताउनु भयो । दुई जनालाई पार्टी प्रवेश गराउन सके खुशीको कुरा हुने उहाँको भनाई छ। सभापति लामिछानेले आफूहरु संगठन निर्माण र सुदृढिकरणमा लागिरहेको बताउनु भयो।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.