काठमान्डौ- काठमान्डौ महानगरपालिकाका मेयर बालेन साहले कुनै हालतमा काठमान्डौमा हिन्दी फिल्म चल्न नदिने बताएका छन् । उनले उच्च अदालतले गरेको फैसलाको विरोध गर्दै यस्तो बताएका हुन् । केही बेरअघि मात्र उच्च अदालतले काठमान्डौको हलमा भारतीय फिल्मको प्रदर्शन गर्न आदेश दिएको थियो ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै देशको सार्वभौमिकता र स्वाधीनताको सवाल आए कुनै कानुन र अदालत नमान्ने बताएका हुन् ।
उनी लेख्छन्,’जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.