९ असार २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बर्दिया- बर्दियामा ‘स्यानिटाइजर’ जस्तो देखिने अखाद्य पदार्थ खाएका दुई जनाको मृत्यु भएको छ । दुई जना बिरामी भएका छन् ।
मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘स्यानिटाइजर’ जस्तो देखिने तरल पदार्थ खाएका ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ बिरामी हुनुभएको छ । उहाँहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो ।
ज्यान गुमाउने र बिरामीले हिजो बेलुका अखाद्य पदार्थ खाएको र थप के खाएका थिए भन्ने विषयमा थप अनुसन्धान भैरहेको पनि प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?