काठमाडौं- जनता समाजवादी पार्टी नेपाल जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ।
तीन दिनसम्म चल्ने अधिवेशनको दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुनेछ। जसपा नेता राजकिशोर यादवका अनुसार विधान अधिवेशनको पहिलो दिन आज पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ।
भोलि विभिन्न ग्रुप बनाएर छलफल गर्ने र १२ गते विधानमाथि नेताहरुले धारणा राख्नेछन्। विधान महाधिवेशनमा केन्द्रीय कमिटीका ४१० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट करिब ८०० प्रतिनिधि सहभागी हुनेछन्।
सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गर्ने र पास गर्ने तयारी छ। यसअघि हिजो बसेको केन्द्रीय समिति बैठकले विधान अधिवेशनको अन्तिम मस्यौदा अनुमोदन गरेको थियो।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ९ असार २०८०, शनिबार