काठमाडौं- बागमती प्रदेशसभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट माथि छलफल हुने जनाइएको छ।
आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०/०८१ को अनुमति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। हिजो प्रदेश सभा सचिवालयमा बसेको कार्यपरार्मश व्यवस्थापन समितिको बैठकले उक्त कार्यसूची तय गरेको उनले बताए।
गत असार १ गते बसेको प्रदेश सभाको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले प्रदेश सरकारको तर्फबाट आगामी आबको अनुमानित बजेट सार्वजनिक गरेका थिए।
सोही दिन बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक टेबुल गरिए लगतै सभामुख भुवन कुमार पाठकले अर्को बैठक असार १२ गते बस्ने जानकारी गराउँदै बैठक स्थगित गरेका थिए।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.