१४ असार २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । आज बिहीवार दिउँसो सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएको हो । पहिरो खसेपछि सडकमा गाडीको लामो लाइन लागेको छ ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा सडक खण्ड एक घण्टा बन्द भएको थियो ।
बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?