राजविराज- सप्तरीमा नेकपा एमाले जिल्ला स्तरीय नेताहरु चढेको गाडी दुर्घटनामा परेको छ।
एमाले जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज जाने क्रममा जण्डोल बनौली सडकखण्ड अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ छ्पकीमा शुक्रबार गाडी दुर्घटना पर्दा पाँच जना नेताहरु र एक जना गाडी चालक गरी ६ जना घाइते भएका छन् ।
बा-प्र ०१-०२७ च ४६४७ नम्बरकाे गाडी दुर्घटनामा परी जिल्ला कमिटी सदस्यहरु कञ्चनरुप–११ बक्साहकी किरण पन्थ, कञ्चनरुप–८ का हरिहर बस्नेत, कञ्चनरुप–१२ का भूवन केसी, कञ्चनरुप–८ की सुनिता कटुवाल र कञ्चनरुप–६ का वडा अध्यक्ष बच्चुलाल चौधरी घाइते हुनु भएको छ। त्यस्तै कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का गाडी चालक बालकुमार कटुवाल समेत घाइते भएका छन ।
उहाँहरुको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको तथा अवस्थामा सामान्य रहेको नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेलले जानकारी दिनुभयो।
कञ्चनपुरबाट राजविराजतर्फ जाँदै गरेको कार दिउँसो साढे १ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।