३१ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भारतको पूर्वी राज्य विहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ।
चट्याङसहित परेको भारी वर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन्।
भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा विहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ।
सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रशारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?