३१ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रोल्पा- रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
लुंग्री गाउँपालिका–५ कालापोखराका एकै परिवारका दुई जना बालक र उनीहरुकी आमाको जंगली च्याउ पकाएर खाँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार स्थानीय ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षिय छोरा सुशिल गुरुङ र ६ वर्षिय प्रेम गुरुङको च्याउ खाएर मृत्यु भएको हो । जंगली च्याउ खाएर बिरामी परेपछि उनीहरुलाई असार २८ मा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।
उनीहरुको उपचारका क्रममा मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?