३१ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० ले यसबारे जानकारी दिएको हो ।
यूएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । केही संवेदनशील क्षेत्रमा पहिरो गएपनि मानवीय क्षतिको भने जानकारी नआएको प्रहरीले जनाएको छ ।
यूएसजीएसले भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको जनाएको छ ।
भूकम्प पृथ्वीको ९ दशमलव ३ किलोमिटर गहिराइमा गएको खबरमा उल्लेख छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?