काठमाडौं – जिबिकोपार्जनका लागि राष्ट्रिय फोटो पत्रकार समुहको सहकार्यमा, नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा ३ दिने फोटो पत्रकारिता तालिम संचालन गरेको छ । विशेषत पर्यटन विटमा पत्रकारिता गर्ने प्रशिक्षणमा ५५ जनाले भाग लिएका थिए ।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने, बोर्डका बरिष्ठ प्रबन्धक सुनिल शर्मा जिबिकोपार्जन विज्ञ धर्म दवाडीले पत्रकारको क्षमता विकासका लागि यो तालिम प्रभाबकारी हुने बताएका थिए । तालिममा पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टि.पी. भुसाल र प्रशिक्षक किशोर श्रेष्ठले पत्रकारिता सम्बन्धी आचारसंहिता र क्यामेरा चलाउने बारे तालिम दिएको कुरा तालिम संयोजक प्रदीप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.