३ साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- काठमाडौँको फोहोर व्यवस्थापन सधैको टाउको दुखाइको विषय बन्ने गरेको छ ।
फोहोर विर्सजन गर्ने ठाउँ नुवाकोट र धादिङ्गका स्थानीयले फोहोर फाल्न नदिएपछि यो समस्या फेरि दोहोरिएको हो ।
नुवाकोटको ककनी गाउँपालिकाले फोहोर फाल्न जाने गाडीबाट शुल्क लगाउने निर्णय गरेपछि यो समस्या सतहमा आएको हो ।
यो निर्णयविरुद्ध फोहरमैला व्यवस्थापन संघले अदालतमा रिट निवेदन दायर समेत गरेको थियो ।
सर्वोचले फोहोर व्यवस्थापनको क्रममा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरिसकेको छ, तर स्थानीयले भने समस्या समाधान नहुँदासम्म आदेश समेत नमान्ने बताएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?