३ साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बुटवल- विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी गरेको हो ।
क्रान्तिकारीले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत, एचएमा २८ प्रतिशत शुल्क बृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल शुल्क वृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पुर्वी लुम्बिनी व्युरो इन्चार्ज बिष्णु बहादुर राउतले बताउनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?