हेटौंडा- मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले आफ्नै वडा कार्यालयभित्र आएका सेवाग्राही किशोरमाथि कुटपिट गरेका छन् ।
कार्यलयमा सेवा लिन पुगेका किशोरलाई वडाध्यक्ष अर्यालले बुधबार बिहान ११ः३० बजे कुटपिट गरेका हुन । स्थानीय १७ वर्षीय प्रशान्त कार्की घर झगडाको समस्या लिएर वडा कार्यलय पुग्दा वडाध्यक्ष कार्कीले कुटपिट गरेका हुन् । वडाध्यक्षले कुटपिट गरेको थाहा पाएर वडा कार्यलय पुगेको प्रहरी भने रमिते बनेर फर्केको छ ।
कार्कीका आफन्तका अनुसार प्रशान्तको कान्छी आमाले आफ्नी आमालाई कुटपिट गर्दा छेक्न जाने क्रममा वडा अध्यक्षले उनीमाथि हातपात गरेका थिए । वडाध्यक्षको कुटपिटबाट कार्कीको घाँटीमा निलडाम बसेको छ । वडा अध्यक्ष अर्यालले हातले चार थप्पड घाँटीमा हिर्काएका थिए ।
कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडाध्यक्षले उल्टै हातपात गरेका हुन् ।
प्रशान्तका बाबुले १३ वर्ष अघि कान्छी आमा भित्र्याएका र अहिले विहाह दर्ताको कान्छी आमा सम्झना र बुबा शंकर वडा कर्यालय पुगेपछि प्रशान्तले आफ्नी आमा सानुकान्छीलाई लिएर उक्त विहे दर्ता नगर्न निवेदन बोकेर कार्यलय पुगेका थिए ।
सोही क्रममा विवाद हुँदा प्रशान्तको आफ्नी आमा सानो कान्छीमाथि सम्झनाले सुरुमा हातपात गरेकी थिइन् । आफ्नी आमामाथि हातपात भएपछि प्रशान्तले किन हातपात गरेको भन्दै प्रश्न गरेपछि वडाध्यक्ष अर्यालले उनीमाथि कुटपिट गरेका थिए । अर्याल स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।