३ साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- लगातार पाँचौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ विन्दुमा पुगेको छ।
बैंकिङ, विकास बैंक, उत्पादन, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ । अरू समूहको शेयर भने ओरालो लागेको छ । आज सबैजसो बैंकको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
आज दुई सय ६० वटा कम्पनीका ८६ लाख ७४ हजार कित्ता शेयर कारोबार भएका छन् । ५१ हजार चार सय पटक भएका कारोबारबाट तीन अर्ब ३४ करोड ८६ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ । सबैभन्दा धेरै युनाइटेड अजोड इन्सुरेन्सको २३ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?