काठमाण्डौ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भैरहेको राजश्व अनुसन्धान विभागले जनाएको छ । बरामद भएको सुन झण्डै एकसय किलो भएको अनुमान गरिए पनि यकिन परिमाण आज मात्रै थाहा हुने विभागको भनाइ छ ।
सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना पक्राउ परेका छन् । विमानस्थल पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला हिजो बरामद गरिएको थियो।
मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन बरामद भएको हो । एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.