४ साउन २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ । महाराष्ट्रको रायगढ इरशालवाडी गाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेका २२ जनाको जीवितै उद्धार गरिएको छ ।
पहिरोमा केही पुरिएका हुन सक्ने आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा ३० परिवार प्रभावित भएका हुन सक्ने अनुमान गरिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदे पनि पुग्नु भएको खबरमा उल्लेख गरिएको छ । रायगढका जिल्लाधिकारी योगेश महासेले गएराति पहिरो गएको पुष्टि गर्नुभएको हो । पहिरो प्रभावित क्षेत्र विकट क्षेत्रमा रहेकाले राहत पुर्याउन चुनौती रहेको उहाँले बताउनु भएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?