४ साउन २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेपाल राष्ट्र बैंकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ ।
राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । तर त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सुन निकालेर जोख्दा भने सुनको परिमाण कम हुने आचार्यले बताए ।
अहिले केन्द्रिय बैंकले सुनको पोका जोखेर राखिसकेको छ । पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व अनुसन्धान विभागले केन्द्रिय बैंकलाई लेखी पठाउनुपर्ने आचार्यले बताए ।
उनले भने, ‘विभागले वास्तविक सुन निकाल्दिन आग्रह गरेपछि त्यसको प्रक्रिया अघि बढ्नेछ ।’
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ४ साउन २०८०, बिहिबार
सुन प्रकरणबारे छानबिन गर्न समिति गठन
- बि.एम.एन. न्यूज
- ४ साउन २०८०, बिहिबार