विराटनगर- साथी भेट्न पुगेका विराटनगरका अभिषेक थापाको मृत्यु भएको छ ।
सुधार गृहका सञ्चालकलाई भेटन् पुगेका विराटनगर ११ का करिब ३५ वर्षिय थापाको बिहिबार राती मृत्यु भएको नेपाली काँग्रेसका महानगर कमिटी सभापति दिपक चापागाईले जानकारी दिए । उनका अनुसार थापा नेपाली काँग्रेस महानगर कमिटीका सदस्य समेत हुन् ।
विराटनगरस्थित नवज्योति सुधार गृहका सञ्चाल सुशील रिजाललाई भेट्न पुगेका थापा बेहोस अवस्थामा भेटिएको र तत्कालै उपचारका लागि लाइफा गार्ड स्पताल पु¥याइएको थियो । उनलाई उपचारका लागि अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । रिजाल र थापा चिनजानका साथी हुन् ।
मृत्युको कारण हर्टको पाइप फुटेको अनुमान रहेको सभापति चापागाईले चिकित्सकलाई उदृत गर्दै जानकारी दिए । मृतक थापाको मुखबाट रगत निस्किएको बताउदै । उनले भने, ‘डाक्टरको भनाई अनुसार मुटु फुटेर नै उहाँको मृत्यु भएको हो भन्ने भनाई छ, अब पोस्मार्टम रिपोर्ट आए पछि मात्रै के भएको हो भन्ने थाहा हुन्छ ।’
दिउँसो खाना खाएर आराम गरिरहेको अवस्थामा नै बेहोस भएको जानकारी दिँदै उनले बिहिबार अत्याधिक गर्मी भएकाले आराम गरिरहेको समयमा उठाउन जाँदा शरिर चिसो भएको र अस्पताल लग्दा लग्दै थापाको मृत्यु भएको जानकारी दिए ।
यता, उनको मृत्युको कारण खुलि नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले बताए । घटनास्थलमा प्रहरी निरिक्षको टोलीले अनुसन्धान गरिरहेको बताउदै उनले भने, ‘उहाँको मृत्युको कारण खुलिसकेको छैन अहिले हाम्रो प्रहरी निरिक्षको टोली घटनाको अनुसन्धानका लागि घटनास्थलमा पुग्नुभएको छ अनुसन्धान भइरहको छ ।’