६ साउन, काठमाडौं । पछिल्लो एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ ।
नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९र८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपैयाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर आयात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८र ७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।
त्यतिबेला रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपैयाँको आयात भएको थियो ।
यस्तै, पेट्रोलको आयात ७ दशमलव ७५ प्रतिशतले घटेर छ लाख ७७ हजार ११६ किलोलिटर आयात भएको निगमको तथ्यांक छ ।
मटितेल आयात २४ दशमलव ६१ प्रतिशतले घटेर १३ हजार किलोलिटर आयात भएको छ ।
यस्तै, खाना पकाउने एलपिजी ग्यास भने ५ दशमलव ३४ प्रतिशतले घटेर पाँच लाख १२ हजार १७३ मेट्रिक टन आयात भएको तथ्यांक छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.