६ साउन २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
६ असार, काठमाडौँ । लघुवित्तीय संस्थाबाट पीडितहरुले शनिबार राष्ट्र बैंक घेराउ गरेका छन् ।
लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले विभिन्न माग राखेर राष्ट्र बैंक घेराउ गरेको हो ।
करिब ८–९०० जना प्रदर्शनकारीहरुले माइतीघरदेखि बालुवाटरसम्म विरोध र्याली निकालेका थिए ।
उनीहरुले राष्ट्र बैंक परिसर छेउ भाटभटेनी चोकअगाडि प्रदर्शन गरेका हुन् ।
लघुवित्त पीडितहरुले ती संस्थाहरुबाट आफूहरु ठगिएको भन्दै केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?