प्यूठान- युठानको खानेपानीमा मानिस तथा जनावरको दिशामा पाइने इकोली ब्याक्टेरिया भेटिएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानले विभिन्न समयमा १ सय ३५ वटा खानेपानीको नमूना परीक्षण गरेकोमा ५३ वटामा इकोली ब्याक्टेरिया भेटिएको हो ।
जिल्लाका ९ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमूनामा इकोली भेटिएको कार्यालयले जनाएको छ । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुँदा जिल्लाका अधिकांश स्थानको खानेपानी दूषित भएको हो ।
परीक्षणमा जिल्लाका माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाको धेरै स्थानको पानीमा इकोली ब्याक्टेरिया पाइएको छ । वर्षाको समयमा पानी दूषित हुने भएकाले इकोली तथा अन्य ब्याक्टेरिया भेटिने गरेको छ ।
इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दूषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकाले पानी शुद्धिकरण गरेर मात्र पिउन चिकित्सकको सुझाव छ ।