राजविराज- नेपाल प्रहरीको आयोजनामा शनिबार “अल्पसंख्यक संग प्रहरी”को अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । राजविराज नगरपालिका– ११ बोरियास्थित सामुदायिक प्रहरी साझेदारी अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला प्रहरी कार्यालय राजविराजको अगुवाईमा उक्त कार्यक्रम सञ्चालन गरिदैं आएको छ। जिल्लाको विभिन्न स्थानीय तहमा प्रहरीले सो कार्यक्रममार्फत अल्पसंख्यकहरुसँग अन्तरक्रिया गर्दै उनीहरुको पीर मर्का, सरकारी सेवा लिँदा भोग्नुपरेको सास्ती, प्रहरीबाट सेवा लिँदा भोग्नुपरेका गुनासोको सम्बोधन गरिन्छ ।
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय राजविराजका प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्की, बरख गण भलुवाहीको प्रमुख दुर्गा बहादुर थापा, भुमि आयोगका अध्यक्ष, वडाअध्यक्ष लगायत एक सय मानिसहरूको उपस्थिति रहेको थियो ।