७ साउन २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनकपुर- नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादव कुटिएका छन् । मधेश प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डीएसपी यादवमाथि अज्ञात समूहले कुटपिट गरेको हो।
शुक्रबार राति जलेश्वर नगरपालिका–२, बसपार्कस्थित विद्यापति नगरमा उनीमाथि अज्ञात समूहले कुटपिट गरेका हुन् । कुटपिटबाट डीएसपी यादवको दायाँ खुट्टा भाँचिएको छ। घाइते अवस्थामा उद्दार गरिएका डीएसपीलाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौं ल्याइएको छ।
घटनाबारे छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको मधेश प्रदेश प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?