९ साउन २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पाँचथर- पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक सरकारी कर्मचारीको मृत्यु भएको छ।
फिदिम – २ साम्दिनबाट फिदिम बजारतर्फ आउँदै गरेको प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल मङ्गलवार बिहान दुर्घटना हुँदा विर्तामोड नगरपालिका– ८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक अधिकारी प्रदेश लेखा इकाई कार्यालय फिदिममा कार्यरत कर्मचारी हुन्।
सोमबार दिउँसो करिब १ः३० मा अधिकारी आफैले चलाएको मोटरसाइकल फिदिम – २ ओदिन नजिकै अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मिलन थापाले जानकारी दिए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?