१० साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा साउन १७ गते बस्ने केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र तयारीबारे छलफल भएको छ।
पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकमा साउन १७ गते सुरु हुने बैठकको एजेन्डा र तयारीबारे छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। बैठक फेरि दिउँसो ४ बजे बस्नेछ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमणमा रहेका छन्। माओवादीले असार २३ गते तय भएको बैठक साउन १७ गते बोलाइएको छ। यस अगाडि प्रदेशको बजेट अधिवेशन, आर्थिक मसान्तलगायतको कारण देखाउँदै माओवादी केन्द्रले बैठक सारेको थियो।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १० साउन २०८०, बुधबार