१० साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- बाँकेको नरैनापुर गाउँपालिका–५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरी बलले साउन ९ गते बेलुका उद्धार गरेको छ ।
नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय बासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको बहाव बढेपछि भँगालोमा फसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बीओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?