११ साउन २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबल भएको हो ।
राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विधेयक टेबुल गरेका छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । राष्ट्रियसभाबाट आजै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।
सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?