१३ साउन २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- पहिरो पन्छाएर सञ्चालनमा आएको दुई घण्टामै मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो।
पहिरो पन्छाएर बिहान ३ बजेदेखि सडक खुलाइएकोमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।अहिले सडक खुलाउने प्रयास भइरहेको र केहीबेरमै सञ्चालनमा आउने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पानी पर्नेवित्तिकै पहिरो खस्दा यो सडक अवरुद्ध भइरहने गरेको छ । त्यसैले सकेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गर्दै आएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?