१४ साउन २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- आइतबार बिहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दिउँसो ३ बजेपछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
भरतपुरको डिभिजन सडक कार्यालयले एक सूचना जारी गर्दै सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको जनाएको छ ।
पछिल्लो पटक आइतबार बिहान इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सयौं सवारीसाधन र यात्रुहरू अलपत्र परेका थिए ।
वर्षाका कारण यो सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा पटकपटक अवरुद्ध हुँदै आएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?