१५ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका दुइजनाले राजीनामा दिएका छन् ।
पार्टीले फिर्ता बमेलाएपछि एक जना मन्त्री र एकजना राज्यमन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव रहेका छन् । उनीहरुको सट्टामा मन्त्रीमा चन्दन सिंह र राज्यमन्त्रीमा रञ्जु खङगलाई पठाउने जनमतको प्रदेश समितिका एक नेताले जानकारी दिए।
मधेश प्रदेशका मुख्य मन्त्री सरोज यादवले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको पनि ती नेताले बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?