१५ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- लोकसेवा आयोगको परीक्षासँग जुधेपछि शिक्षक सेवा आयोगले लिने परीक्षा सरेको छ । असोज ६ गतेका लागि तोकिएको प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेका लागि सरेको हो ।
असोज ६ गते लोकसेवा आयोगले दिने खरिदारको परीक्षासँग जुधेपछि सारिएको शिक्षक सेवा आयोगले जनाएको छ । असोज १३ गते शनिवारका दिन तोकिएकै स्थान र समयमा सञ्चालन हुने र परीक्षा सम्बन्धी अन्य व्यवस्था पुर्व सूचना अन्सार नै रहने आयोगले जनाएको छ ।
असार १ गते बसेको आयोगको बैठकले प्रावि शिक्षकको खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विषयगत परीक्षा असोज ६ गते निर्णय गरेको थियो । असार ६ गते लोक सेवा आयोगले लिने खरिदार पदको समेत परीक्षा परेपछि शिक्षकको परीक्षा सारिएको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?