काठमाडौँ- नेपाल मेडिकल बोर्डले सरकारी कर्मचारीहरूलाई दिने गरेको सिफारिस पत्रमा कडाइ गरेको छ ।
सरकारले काजमा रहेका कर्मचारीलाई दरबन्दी भएको स्थानमा जान निर्देशन दिएपछि रोग भएको प्रमाणित गर्न मेडिकल बोर्डमा सिफारिस बनाउन भीड लाग्न थालेको छ ।
कर्मचारीहरूले आफ्नो सुविधाका लागि सहज रूपमा सिफारिस पत्र बनाउन थालेपछि बोर्डले कडाइ गर्न थालेको हो ।
सरकारी कर्मचारीमा स्वास्थ्य समस्याका कारण उपचार गराउनुपर्ने वा विदेशमा उपचार जानका लागि मेडिकल बोर्डले सिफारिस दिने गर्छ । उनीहरूले सरकारबाट पाउनुपर्ने कानुनी सहुलियत पाउने गर्छन् ।
तर, पछिल्ला दिनमा बिरामीको भएको बाहनामा सिफारिस बनाउन आउने बढ्न थालेपछि बोर्डले १० साउनमा सूचना जारी गर्दै सिफारिस पत्र पाउनका लागि केही प्रक्रिया पूरा गर्न पर्ने जनाएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.