विराटनगर- धरानमा रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
विराटनगरका चौधरीको हत्या आरोपमा प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ।
घटना भएको १२ दिनपछि हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ। आज अर्थात् बुधबार दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजनिक गर्ने तयारी रहेको कोशी प्रदेश प्रहरी विराटनगरका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।
उनले पत्रकार सम्मेलनमा घटना बारे जानकारी दिने समेत बताए। साउन ५ गते चौधरीमाथि धरान–इतहरु सडक खण्डको सेउती पुलनजिकै गोली प्रहार भएको थियो। विराटनगरबाट धनकुटाको मुलघाटबाट घुमेर फर्किने क्रममा धरानको जंगलमा दाहिने कोखमा गाली लागेको थियो। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.