१८ साउन २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- काठमाण्डौको बिजुली बजारमा आन्दोलनरत सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । माइतीघर मण्डलमा धर्ना दिएर बसेका सहकारी पीडित प्रदर्शन गर्दै बिजुली बजार पुगेपछि प्रहरीसँग धकेलाधकेल भएको हो ।
सहकारी पीडित सडकमा भेला भएर सडक बन्द गरेपछि प्रहरीले हटाउन खोजेको थियो । निक्षेपको साँवा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितले आन्दोलन गरिरहेका छन् । फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले छलफलका लागि केही मानिसलाई सहकारी विभाग लगिएको जानकारी दिनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?