२० साउन २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ ।
नचिनेको समूहले मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्ये १६ वटा सिँढी तोफफोड गरेको हो । विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताउनुभयो ।
सिँढी किन र कसले फुटायो थाहा हुन नसकेको र अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको उहाँको भनाई छ । यसअघि पनि यो मन्दिरका सिँढी तोडफोड भएका थिए । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजन पुग्ने गरेका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?