२० साउन २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिइन् ।
गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन् । उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गररहेका छन् ।
पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज छलफल गरेका हुन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?