२१ साउन २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार बेलुका साढे ९ बजे प्र.१–०२–०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार त्रियुगा– ६ जलजले का २५ वर्षीय सुदीप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर गाईघाटमा मृत्यु भएको हो।
घाइते भएका चालक त्रियुगा– ६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि विराटनगर लगिएको छ। उनीहरु तीनै जना एउटै मोटरसाइकलमा सवार रहको उदयपुर प्रहरीले जनाएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?