२१ साउन २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको मृत्यु भएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो ।
बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस जोखिममा रहेका र उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको विपद् निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीन यसवर्ष रेकर्ड तोड्ने गर्मीदेखि ठूलो वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ । गएको महिना मात्रै प्राकृतिक प्रकोपका कारण एक सय ४७ जनाले ज्यान गुमाएका थिए ।
चीनमा शुक्रवार आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछिको मुसलधारे वर्षा एक सय ४० वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको मौसमविद्हरूले बताएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?