२१ साउन २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न रोक लगाएको छ ।
नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार हिजोदेखि पाटनका विश्वनाथ मन्दिर र हरिशङ्खर मन्दिरमा बस्न रोक लगाइएको छ । अन्य मन्दिरहरूमा पनि रोक लगाउने तयारी भइरहेको छ । मन्दिर परिसरमा बस्नेहरुले विकृति फैलाउने खालका गतिविधि गरेकाले रोक लगाइएको हाछेथुले बताउनुभयो ।
उहाँका अनुसार यो नियम कार्यान्वयनका लागि बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म मन्दिर परिसरमा महानगर प्रहरी खटिने छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?