२१ साउन २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज बिहान साढे ९ बजे त्रिभुवन राजपथ अन्तर्गतको सो स्थानमा पहिरो खस्दा नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार गएराती देखि परेको वर्षाका कारण उक्त सडक खण्डमा कारण पहिरो खस्दा यातायात सेवासमेत अवरुद्ध बनेको छ । पहिरो हटाइ सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?