२१ साउन २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । कराँचीबाट एबोट्टावाद जाँदै गरेको हजारा एक्सप्रेस रेल दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भएको रेल मन्त्री साद रफिकले बताए ।
लाहोरमा भएको पत्रकार सम्मेनलमा उनले दिएको जानकारी अनुसार ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको रेलका ८ वटा डिब्बा लिगबाट बाहिर गएका छन् । रेलका डिब्बामा फसेका यात्रीलाई निकाल्ने क्रम अहिले पनि चलिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
घटनास्थलबाट आएका तस्वीर तथा भिडियोमा सयौंको संख्यामा मान्छेहरु दुर्घटनास्थलमा भेला भएको देखिन्छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?