२१ साउन २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- भारतको उत्तराखण्ड केदारनाथ गौरीकुण्डमा पहिरोमा परेका नागरिकलाई खोजी गर्न र स्वदेश फर्काउने पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।
पहिरोमा परेर ११ जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा अधिकांश जुम्लास्थित पातारासीका स्थानीय छन् ।
वेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र स्वदेश फिर्ता ल्याउन पहल गर्न कांग्रेसले आइतबार विज्ञप्ति निकालेर सरकारसँग माग गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले आइतबार उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई फोन गरेर हराइरहेका नेपालीको खोजीका लागि आग्रह गरेका थिए । बिहीबार राति गएको पहिरोबाट कम्तिमा १९ जना हराइरहेका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?