२२ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भइ काठमाण्डौ बस्दै आएकी २७ वर्षीया फुलमाया जिरेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले पीडितलाई क्यानडामा होटलमा काम लगाइदिन्छु, महिनाको एक लाख रुपैयाँ कमाइ हुन्छ भन्दै प्रलोभनमा पारेर पटक पटक गरी तीन लाख ७४ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएकी थिइन् ।
पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुुरीको आधारमा काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो जिरेललाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धानको लागि अहिले वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?