धनगढी- अविरल वर्षासँगै कैलाली जिल्लास्थित नदी नालामा आएको बाढीले करिब ५ सय घर डुबानमा परेका छन् ।
उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तथा बाढीमा फसेकाहरूको उद्धारको काम भइरहेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका स्थानीय प्रभावित भएका हुन् ।
प्रशासनको पछिल्लो तथ्याङ्क अनुसार कैलारी गाउँपालिकाको वडा नं. ७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानले प्रभावित भएका छन् । त्यस्तै, जोशीपुर गाउँपालिकाको वडा नं. ३ का ५६ घर, भजनी नगरपालिकाको वडा २ का १५, वडा नं. ३ का ५, वडा नं. ८ को १, वडा नं. ५ को ६५ र वडा न. ७ को १५० घरधुरी बाढीले प्रभावित भएका छन् ।
प्रभावितहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम स्थानीय, प्रहरीबाट भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.