मकवानपुर- बागमती नदीमा आएको बाढीले मदन भण्डारी राजमार्गको सडक खण्डको केही भाग कटान गरेको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ लमकानामा बागमती नदीले मदन भण्डारी राजमार्ग (धरानचतरा सडक) को केही भाग कटान गरेको हो ।
लगातारको वर्षाका कारण बागमती नदीमा आएको बाढीले मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने बागमती पुल नजिकैको सडक कटान गरी बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाढी नदी किनार रहेका घरहरूमा समेत पसेको छ । बाढी आएपछि त्यस स्थानमा रहेका ६ घरका मानिसहरू अन्यत्र सरेकाले कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।
बाढीले सडक कटान गरेपछि यस सडक खण्ड भएर चल्ने ठुला सवारीसाधनहरू बाटो मै रोकिएका छन् । मोटरसाइकलसम्म आवतजावत गर्न सक्ने अवस्था रहेको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.