संखुवासभा- संखुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार मृत्यु भएका दुई कैदीका आफन्तले शव बुझ्न मानेका छैनन् ।
एक वर्षदेखि कारगारमा रहेका मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका– ७ का २८ वर्षीय आकाश बलामीको कैदीहरुबीचको झडपमा परी मृत्यु भएको प्रहरीले जनाएको थियो ।
तर मृतकका आफन्तले मृत्यु शंकास्पद भएको भन्दै शव बुझ्न नमानेका हुन् । गत मंगलबार राति कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको प्रहरीको भनाइ छ ।
आफन्तहरुले भने प्रहरीको कुटाइबाट मृत्यु भएको दाबी गरेका छन् । तोलाङ्गीलाई जबर्जस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्धामा ३ वर्ष कैद सजाय पाएका कैदीहरु थिए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.